नेपालमा दुई हजार दुई सय २५ मा कोरोना संक्रमित थपिए

113

काठमाडौं – गएको २४ घण्टामा दुई हजार दुई सय २५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार दुई सय ३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यसैगरि काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२९ महिला र ६८१ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८१ पुरुष र ४२९ महिला गरी एक हजार ११० सङ्क्रमित थपिएका छन् । प्रदेश नं १ मा २२२, प्रदेश नं २ मा ८४, वाग्मतीमा एक हजार २१७, गण्डकीमा १४५, लुम्बिनीमा ३७३, कर्णालीमा ४२ र सुदूरपश्चिममा १४२ नयाँ सङ्क्रमित फेला परेका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सङ्क्रमितमध्ये ६८ प्रतिशत अर्थात् एक लाख पाँच हजार ७९० पुरुष र ३२ प्रतिशत अर्थात् ४९ हजार ४४३ महिला छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख आठ हजार ३३४ पुगेको छ जुन कुल सङ्क्रमितको ६९.८ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ५७ छ ।

२० हजार सक्रिय काठमाडौँमा
नेपालमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । काठमाडौँमा ५५ हजार ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३४ हजार २६३ निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७२२ छ ।

यस्तै ललितपुरमा दुई हजार ५३३ र भक्तपुरमा एक हजार ४५४ सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार ७६३ र भक्तपुरमा पाँच हजार १५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । ललितपुरमा पाँच हजार १४९ र भक्तपुरमा तीन हजार ६४१ कोरोनामुक्त भएका छन् । काठमाडौँमा १९२, भक्तपुरमा ५५ र ललितपुरमा  ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

काठमाडौँमा १० हजार ५०१, ललितपुरमा दुई हजार ६६४ र भक्तपुरमा एक हजार ७१९ सङ्क्रमित होम आइसोलेशनमा छन् । झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । मुस्ताङमा भने सक्रिय सङ्क्रमित छैनन् ।

सङ्क्रमितमध्ये ३०७ को सघन उपचार कक्ष र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । चौबीस घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ८४२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here