आयरल्यान्डमा कुकुरको अपहरण पश्चात लाखौ फिरौती माग

163

एजेन्सी-आज सम्म अपराधिक समूहले मानिसलाई अपहरण गरेको घटना सुनिएको थियो तर आज हामी कुकुरको अपहरण भएको चर्चा गर्न लागेका छौ । त्यसै पनि धेरै कुकुर सडकमा छाडिन्छन् । धेरैले घरमा पाल्न पनि चाहँदैनन् । तर, आयरल्यान्डमा एक कुकुरलाई बदमास मानिसहरुले अपहरण गरेर लगेका छन् । कुकुरलाई लगेपछि १० लाख फिरौती मागेका छन् । कुुकुर घरबाट केही दिन अगाडि हराएको थियो ।

घरमा पालेको कुकुर हराएपछि मालिकले साँढे तीन लाख रुपैयाँ इनाम दिने घोषणा गरे । तर कुकुर भेट्टिएन् । आफूले माया गरेको कुकुर हराएपछि निराश भएका परिवारमा एकदिन अचानक कतैबाट फोन आयो ।

एक व्यक्तिले कुकुर फिर्ता चाहिए १३ सय ब्रिटिश पाउन्ड अर्थात १० लाख भन्दा धेरै दिन धम्की दिए । सबैभन्दा आश्चर्यको कुरा चाहिँ के थियो भने यदि समयमा नै पैसा नदिएमा कुकुरलाई रुखमा झुन्डाएर फाँसी दिने अपराधीहरुले भनेका थिए ।

यस घटनाको बारेमा परिवारले स्थानिय मिडियालाई जानकारी दिए । मालिकले अपहरणकारीलाई धेरै सम्झाए तर उनीहरु मानेनन् । मालिकले आफुले पालेको कुकुरको नाममा फेसबुक पेज बनाए जसको कारण कुकुर फिर्ता मिलोस् । मालिकले अपहरणकारीलाई त्यति धेरै पैसा दिन नसक्ने बताउँदै आएका थिए ।-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here