अक्सफोर्ड भ्याक्सिन अर्को हप्ता आउने

95

एजेन्सी-कोरोना भाइरसविरुद्धको अक्सफोर्ड भ्याक्सिन विकास भई प्रयोगमा आउने निश्चित भएको छ । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन नोभेम्बरबाट प्रयोगमा आउने बुझिएको छ ।

लन्डनस्थित अस्पतालका कर्मचारीलाई पहिलो ब्याचको भ्याक्सिन लिनका लागि तयार हुन भनिएको रिपोर्टबारे बेलायतबाट प्रकाशित हुने द सन पत्रिकाले खुलासा गरेको छ । सनका अनुसार २ नोभेम्बरबाट भ्याक्सिन आउने अस्पतालहरुलाई सूचित गरिएको छ ।

अक्सफोर्ड भ्याक्सिनलाई कोरोनाविरुद्धको लडाईंमा गेमचेन्जर हुने आशा गरिएको छ । अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले भ्याक्सिनको विकास गरेका हुन् ।

यसअघि रुसको स्पुतनिक भी नामको भ्याक्सिन प्रयोगमा आइसकेको छ । चीनले पनि भ्याक्सिन विकास गरेर आकस्मिक अवस्थामा प्रयोगमा ल्याइसकेको छ ।

अमेरिकाको फाइजर कम्पनिले पनि भ्याक्सिन यसै वर्ष प्रयोगमा ल्याउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here