किन बनेन कोरोना भाइरसबाट बच्ने औषधि ? यसरी बचौँ

22
-राज्य लक्ष्मी शाक्य

अहिले चाड नजिकै गरेको अवस्था रहेको छ । त्यसमा पनि नेपालीहरुको महान् चाड बडादशैं नजिक आइरहेको छ । विश्व लगायत नेपालमा पनि कोरोना भाइरसको महाकारण यस बर्ष गत वर्षको तुलनामा नेपालहरु महाकारीका कारण तमाम् नेपालीहरु दुखी महशुस भइरहेका छन् । यसै सन्दर्भ प्रगतिशिल कवि भूपिशेरचनको कविता यो हल्लै हल्लाको देश भनेजस्तै कोरना भाइरस भाइरसको महामारीले नेपाली जनतालाई आक्रान्त बनाइरहेको अवस्थामा छ ।  दिनानु दिन कोरोना संक्रमितको संख्याका साथै  ओली नेतृत्वको  सरकारको लाचारीपन बढ्दै गइरहेको नेपाली जनताले महुस गर्दै आइरहेका छन् ।

सरकार अहिले कोरोना संक्रमितको संख्या गन्न र संक्रमित संख्या गन्न मात्रै व्यस्त रहेको कुरा प्रमुखप्रति पक्ष दलका नेता गगण थापाले समेत आरोप लगाएका छन् । दिनानु दिन कोरोना भाइरस संक्रमितको नियन्त्रणमा समेत असफल भइरहेको विभिन्न दलका नेताहरु आरोपप्रति आरोप लगाइ रहेका छन् । आम नागरिकहरुले चनाखो बनी सामान्य लक्षण देखापर्ना साथ स्वास्थ्य जाँच गराउने बानीलाई सुर्धानु आवश्यक देखिन्छ । सरकारले आज केहि दिन अगाडि मात्रै होम आइसोलेशनमा मृत्यु भएका मृतकहरुको जिम्मेवारी लिन नसक्ने कुरा विभिन्न संचार गृहहरुमा छताछुल्ला भएको थियो ।

नेपालको सन्दर्भमा कोरोना संक्रमित मृत्यु हुनेहरुमा अहिलेमा ृद्धवृद्धा, अस्वस्थ्य बढि रहेका छन् । यस मध्ये पनि मधुमेह, मुटुका रोगी, उच्च रक्तचाप, श्वासप्रश्वास सम्बन्धि समस्या भएकाहरुलाई बढि सताइएको एक अनुसन्धानले पत्ता लगाएको छ । कोरोना भाइरसका लक्षण प्राय रुघाखोकी र मौसमी ज्वरोसँग मिल्दोजुल्दो भएकाले अधिकांशले यसलाई सामान्य रुपमा लिन्छन् र नजरअन्दाज बानी रहेको छ । प्रायः जसो यो रोग लाग्दा टाउको दुख्ने,  खोकी, सास फेर्न गाह्रो, मांसपेशीमा दुखाई, ज्वरो,  शुरुमा ज्वरो त्यसपछि सुख्खा खोकी, एक हप्तापछि सास फेर्न कठिनाइ हुने रहेका छन् ।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार यी लक्षणहरु देखापर्नासाथ स्वास्थ्य चौकी वा अस्पतालमा जाँच गराइहाल्नु पर्ने जिकिर गरेका छन् । हुनसक्छ यी सामान्य रुघाखोकी वा मौसमी ज्वरोका लक्षण हुन् तर, ७६ वटा भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिइसकेको यस भयावह अवस्थामा भने सामान्य भन्दा सामान्य लक्षणसँग पनि सावधान रहनु उपयुक्त हुन्छ ।

अहिले नेपाली समाज सामान्य रुघाखोकी तथा ज्वरो आए पनि कोरोना भाइरसले सताएको हो की भन्ने आरोप प्रत्यारोप लगाउने नेपाली समाजमा विकासित भइरहेको छ । वास्तवमा भन्ने हो भने कोभिड १९ को संक्रमणबाट बच्नका लागि मिचि—मिचिसाबुन पानीले हात धुने वा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने चलन अल्छि तथा झ्याउ मान्ने तथा खोक्दा वा हाँछ्यू गर्दा डिस्पोजेबल टिस्यु पेपरको नगर्ने बानी, टिस्यु पेपर नभएको अवस्थामा पाखुराले मुख छोप्ने तथा अझै पनि सामान्य हेलचेक्याइ तथा चेतनाको अभावकै कारण सार्वजनिक स्थलबाट फर्किएपछि हात नधोइ आँखा, नाक, मुखतिर छुने जस्ता छुने, संक्रमितको सम्पर्कमा रहेकोले, अनिवार्य मास्कको प्रयोगमै हेल्चक्राइ तथा सभा समारोह तथा भेलाहरुमा उपस्थित हुने जस्ता कारणले गर्दा पनि कोरोना भाइरसले आक्रान्त बनाएको  छ ।  – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here