ओलीजस्ता षडयन्त्रकारी र व्यक्तिवादी सामन्ती सोंचको टांगमूनी छिरेकाहरु

12

– हुकुमबहादुर सिंह

ओलीकै कारण वर्तमानको नेपाली कम्युनिस्ट आन्दोलन एकदमै जटील, गम्भीर र चुनौतीपूर्ण अवस्थाबाट गुज्रीरहेकोछ । नेपालमा चलेको दशवर्से जनयुद्धको एउटा नेतृत्व–प्रचण्ड र बाबुरामको पतनको क्रमसँगै नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवादको बलियो उपस्थितिका कारण नेपाली कम्युनिस्ट आन्दोलनलाई तीब्ररुपले विखण्डन र विघटनको बाटोतर्फ डोराइरहेकोछ । नेपाली कम्युनिस्ट आन्दोलन यस्तो अवस्थामा आइपुग्नुका पछाडि मूलतः केपी ओलीजस्ता षडयन्त्रकारी र व्यक्तिवादी सामन्ती सोंचभएका मानिसहरुको नेपाली कम्युनिस्ट आन्दोलनभित्र बर्चश्व स्थापित हुनु हो ।

नेकपा एमाले, जो माक्र्सवाद–लेनीनवाद र हसियाँ हथौडा झण्डामूनी माक्र्सवाद–लेनीनवादका सिद्धान्त, विचार तथा कार्यदिशाका विरुद्ध पुँजीवादी सिद्धान्त, विचार तथा कार्यदिशालाई अगाडि सार्दै, त्यसकै आधारमा पुँजीवादी सिद्धान्त, विचार तथा कार्यदिशालाई जनताको बहुदलीय जनवाद(जबज)को नाममा न कम्युनिस्ट न काँग्रेस, बीचको भ्रमपूर्ण मदनभण्डारीको शब्दजालभित्रबाट लामो समयसम्म यो कम्युनिस्ट पार्टी नै हो भन्ने भ्रम आम नेपाली जनतालाई पार्न सफल भयो, अझै भइरहेको छ । २०५२सालदेखि चलेको दशवर्से जनयुद्धले नेपाली कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद–लेनीनवाद–माओवादको महत्वलाई नेपाली धर्तीमा स्थापित गर्ने प्रयास स्वरुप काफी हदसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी र दक्षिणपन्थी संशोधनवादका बीचमा स्पष्ट ध्रुवीकरणको लहर आएको हो ।

निकिता ख्रुश्चेभको समाजवादमा शान्तिपूर्ण सक्रमणको सिद्धान्तलाई आत्मसात गरेको जनताको बहुदलीय जनवाद(जबज)को दक्षिणपन्थी अवसरवादी नीतिको विरुद्धमा माओवादी सशस्त्र जनयुद्धले जुन सम्झौताहीन संघर्षको अपनाएको थियो, त्यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन महत्वपूर्ण योगदान पु¥याएको हो । किनभने नेकपा(माओवादी)ले तत्त्कलिन नेकपा(एमाले)को उक्त संशोधनवादका विरुद्ध चलाएको संघर्ष सिद्धान्तको संघर्ष थियो । त्यसवेलाको त्यो संघर्ष सर्वहारावर्ग र विश्व समाजवादी वयवस्थाका महानतम हितहरुसित सम्वन्धीत थिए ।

नेकपा(एमाले)ले लिएको जवज भनेको सम्पूर्ण जनताको राज्यसत्ता थियो, जो सारमा सोभियत संघको पार्टीको बिसौ महाधिवेसनले अगाडि सारेको सर्वहारावर्गको अधिनायकत्वलाई निषेध गर्ने संशोधनवादी विचारसँग मिल्ने थियो ।  र अहिले त झन, नयाँ जोगीको भेषमा प्रचण्ड र बादलको पनि नेतृत्व गर्दै केपी ओलीले पार्टी र सरकारको नेतृत्व गरिहेका छन् । २०६२÷०६३को आन्दोलनका चीरपरिचित खलनायक जसले २०६२÷०६३को आन्दोलनका एजेण्डाको भद्दा तरिकाले विरोध गर्दथे, २०६२÷०६३का एमाले भित्रका तत्कालिन हस्तीहरु–माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेकपा(माओवादी)भित्रका प्रचण्ड, बादल, देवगुरुंग, बर्षमान पुन, नन्द पुन,जर्नादन शर्मा, पम्फा भुसालआदिलाई आफ्नो तानाशही अहंकारी टांगमूनी छिराएर नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीवीकालाई नेपालका दलाल विचौलियाहरुको मुठ्ठिभित्र कैद बनाएर भूमाफिया, जलमाफिया,आदि अनेकौ तष्करहरुका हितमा निर्णयहरु गर्न व्यस्थ छन् । केपी शर्मा ओलीका अगाडि अहिले उल्लेखित विगत आन्दोलनका हस्तीहरु निरिह बनेर उनकै आदेशमा प्रतिगमनकारी हथियार बनिरहेका छन् । नेपाली जनता प्रश्न गरिहेका छन्– ओलीको प्रतिगमनको मतियार तथा साछी बन्ने की त्यसबाट विद्रोह गरेर एउटा परिवर्तनकारी शक्तिका लागि मार्गप्रशस्त गर्ने ? यो एउटा चुनौती र अवसर दुवै अहिले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत नेकपा(एमाले)बाट आएका अन्य परिवर्तनकारी शक्तिहरु र माओवादीबाट आत्मसमर्पण गरेका प्रचण्ड, बादल, देवगुरुंग, आदिका अगाडि खडा भएको छ । माओवादीबाट आत्मसमर्पण गरेकाहरु किन हो झन झन ओलीको हरेक प्रतिगमनकारी र जनविरोधी निर्णयहरुप्रति नतमस्तक भएर ओलीको प्रतिगमनकारी र जनविरोधी निर्णयहरुका विरुद्ध सडकमा विद्रोहको झण्डा उचालीरहेकाहरुलाई सामदाम दण्ड भेदको हथियारद्धारा निस्तेज पार्ने कसरतमा देखिएका छन् । नयाँ जोगिले बढता खरानी घस्छ भनेझै केपीका विश्वापात्र बन्ने महान कसरतमा लागेका रामबहादुर थापाले पञ्चायतका कमल थापालेजस्तै आन्दोलनकारीका विरुद्ध जनविरोधी भाषाको प्रयोग गरिहेका छन्, उनका मातहतका प्रहरी प्रशासनलाई आदेश दिइरहेका छन् ।

डव्वल नेकपाभित्र अहिले एकताको नाममा ओलीले फुट र विभाजनको खेती गरिहेका छन् । सिद्धान्तको नाममा सिद्धान्तहीन नौटंकी देखाइरहेका छन् । राष्ट्रियताको नाममा नेपाललाई भारत र अमेरिकाको कठपुतली बनाउने डिजाइनमा लागिरहेका छन् । जनजीवीकाको नाममा तष्कर तथा दलाल र विचौलीयाहरुको हीतमा काम गरिरहेका छन् । उनका हरेक निर्णयहरु प्रतिगमनकारीका लागि र जनविरोधीहरुका लागि फलीफाप सिद्ध बनिरहेका छन् । ओलीलगायत उनका मन्त्रीहरु तथा उनको नेतृत्वका सरकारमा बसेका तानाशहा तथा नोकरशाहाहरु, यी सबै अहिले प्रतिक्रियावादी क्याम्पमा उभिएका छन् र उनीहरुले अहिले पार्टीभित्र र बाहिरका शान्तिपूर्ण विरोध तथा आन्दोलनहरुलाई जनताको पक्षमा उपयोग गर्न बन्देज गरिरहेका छन् । त्यसप्रकारका सबै सम्भावनाहरुमा बाधा हाल्ने काम गरिहेका छन् । जनदमन उनीहरुको अहिले अस्त्र बनेको छ, जसलाई ओलीमार्काहरुले पार्टीभित्रका २०६२÷०६३का आन्दोलनकारी शक्तिहरुको काँधमा राखेर पडकाउने रणनीतिमा ओली र ओलीमार्काहरु लागेका छन् । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here