स्मार्टफोनको ब्याट्री जोगाउने उपाय

139

प्रायः जसाे  स्मार्टफोन सबैले चलाउने गर्छौं । धेरै मान्छेहरूले काम मोबाइल फोनमै गरिन्छ । तर फोनको ब्याट्री लामो समय सम्म नचल्न सक्छ ।  यही समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्री लामो समय सम्म कसरी टिकाउने उपायहरू तल उल्लेख गरिएकाे छ ।

स्क्रीनको ब्राईटनेस मिलाउने 

धेरै प्रयोगकर्ताले फोनमा ब्राईटनेसलाई ‘अटो’ सेटिङ्गमा राख्ने गर्छन् । यो फिचरले गर्दा फोनले अवस्था अनुसार ब्राईटनेसलाई हेरफेर गरिदिन्छ ।

अटो ब्राईटनेस प्रयोग गर्दा सजिलो भएता पनि यसले धेरै ब्याट्री खपत गर्न सक्छ । यदी ब्याट्री लामो समय चलाउनु छ भने ब्राईटनेसलाई कम गर्नुपर्ने हुन्छ ।

डिस्प्लेले सबै भन्दा बढी ब्याट्री लिने गर्दछ । ब्याट्री जोगाउन तपाईले फोनमा डार्क मोडको प्रयोग पनि गर्न सक्नु हुन्छ । स्क्रीनको स्क्रीन आउट हुने समय पनि एकदमै थोरै राख्नुपर्छ ।

नचाहिने रेडियोलाई बन्द गर्ने 

आजकालको फोनमा एलटीई, एनएफसी, वाईफाई , जीपीएस र ब्लुटुथ हुने गर्दछ तर यिनीहरु मध्ये कुनैलाई पनि २४ घण्टा सम्मनै सुचारु गर्नु हुदैन् । आफ्नो वाईफाई नभएको अवस्थामा फोनले अर्को नजिकैको वाईफाई खोज्न थाल्छ ।

वाईफाईको काम नहुँदा बन्द गरियो भने यसले पनि धेरै ब्याट्री जोगाउन सक्छ । बुलुटुथ डिभाइस सँग जोडिएको छैन भने त्यसलाई सदैव अफ राख्नुपर्छ र जीपीएसलाई पनि नेभिगेसनको बेलामा मात्रै सुचारु गर्नुपर्ने हुन्छ ।

ब्याकग्राउन्ड एप हटाउने

होम बटन वा ब्याक बटन थिचेर मात्रै एप बन्द हुदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र ब्याट्री पनि जोगिन्छ ।

थुप्रै किसिमको विडजेट्स तथा लाइभ वालपेपर प्रयोग नगर्ने

लाइभ वालपेपर प्रयोग गर्न त सबैलाई रमाइलो लाग्छ तर यसले धेरै मात्रामा ब्याट्री पनि लिदिन्छ र मोबाइललाई ह्याङ्ग गरिदिन पनि सक्छ । विडजेट्समा पनि मौसम र समाचारको जानकारी लिन त सजिलो हुन्छ तर यसले पनि फोनको ब्याट्री धेरै सकाइदिन्छ ।

फोनमा ब्याट्री सेभिङ फिचर खोज्ने 

सबै फोनमा ब्याट्री सेभिङ्ग फिचर हुने गर्दछ । सामसङ्मा अल्ट्रा पावर सेभिङ्ग मोड , एचटीसीमा एक्सट्रीम पावर सेभिङ्ग मोड , सोनीमा स्टामिना मोड जस्तै थुप्रै किसिमको ब्याट्री सेभिङ फिचर हुन्छन् । त्यस्तो मोडलाई पहिचान गरेर आफ्नो फोनमा सुचारु गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here