गायक खनालको ‘मलमल कुर्तावाली’ भिडियाेसहित सार्वजनिक

182

काठमाडाैं  – गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ ।

गीतमा पृथ्विलाई गायिका मेचु धिमालले साथ दिएकी छिन् । गायन रियालिटि शो भ्वाइस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको यो पहिलो गीत हो । ग्रिष्मा भट्ट र गिरिस भट्ट को निर्माणमा बनेको गीतको शब्द लेखु सहयात्री, संगीत करणराज कार्की, एरेन्ज देवेश राई, मिक्सिङरमास्टरिङ किशोर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियो म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्रोन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादनरकलर मनोज कार्कि, कथा पृथ्वि खनाल र कोरियोग्राफिर निर्देशन मौसम हिमालिको रहेको छ । भिडियोमा पृथ्वी, मेचु र सन्तोष पाण्डेको अभिनय रहेको छ ।

गीत गायक खनालको आफ्नै युटुब च्यानल PRITHVI KHANAL मार्फत सार्वजनिक गरिएको छ । बर्दियामा छायांकन गरिएको भिडियोमा युवा युवतीको प्रेम कहानीलाई रमाइलो पारामा प्रस्तुत गरिएको छ ।

https://youtu.be/Nmd6Xwh0GrQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here