सहमतिका साथ कांग्रेसको हाई–कमाण्डको बैठक अघि बढ्ने तयारी

176

काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही कार्तिक २१ गते दिउँसो १ बजेबाट सुरू हुने भएको छ । केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टीको हाई–कमाण्डको बैठक बस्ने भएको छ । केन्द्रिय कार्यसमितिको बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न यही कार्तिक १७ गते हाई–कमाण्डको बैठक बस्ने भएको हो ।

पार्टीभित्र देखिएका सबैखाले विवाद हल गर्नको लागि हाई कमाण्डको बैठक केन्द्रित हुने जनाईएको छ । उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अघि सारेको १६ बुँदेमाथि पनि छलफल हुने जनाईएको छ ।  पौडेल समूहले अघि सारेका सबै प्रस्तावमा छलफल गर्न सभापति शेरबहादुर देउवा पनि राजी भएका छन् । तर, विभाग गठन खारेज गर्न भने देउवा तयार नभएको पौडेल निकट नेता डा. चन्द्र भण्डारीले जानकारी दिए । उनले भने,‘अरु करिब/करिब सहमति भयो । यही २१ गते बस्ने केन्द्रिय कार्यसमिति बैठकमा सहमतिका अघि बढ्नुपर्छ भन्ने हो ।’

नेता पौडेलले पार्टीभित्रका विवादहरु टुँगो लगाएर जान आफूहरु सहमति भएको जनाए । उनले भने,‘हामी सहमति गरेर जान्छों ।’ उनले तोकिएकै मितिमा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने आफूहरुको माग रहेको सुनाए । उनले क्रियाशिल सदस्य जतिसक्दो टुँगो लगाउनुपर्ने र तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here