बार्सिलोना तेस्रो जित निकाल्ने योजनामा

66

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज समूह चरणको तेस्रो खेल खेल्दै छ । बार्सिलोनाले घरेलु मैदानमा डेनाभो क्युभसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।

आजको खेमला बार्सिलोना लगातार तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले यसअघिका दुई खेलमा उत्कृष्ट जित हासिल गरेको थियो । पहिलो खेलमा फेरेनकोभारोसलाई पराजित गरेको बार्सिलोनाले दोस्रो खेलमा इटालियन च्याम्पियन युभेन्ट्लाई हराएको थियो ।

आजको खेलमा जित निकाल्न सके बार्सिलोनाले शीर्ष स्थानमा आफूलाई बलियो बनाउनेछ । लिगमा दुई खेल खेलेको बार्सिलोना ६ अंक जोडेको छ । समूह ‘जी’मा रहेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ ।  यता डेनामो किभ पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । लिगमा दुई खेल खेलेको डेनामाले हालसम्म जित निकाल्न सकेको छैन । आजको खेलमा जित निकाल्न सके डेनामो शीर्ष दुईमा उक्लनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here