जूमले ल्यायाे इण्ड टू इण्ड इन्क्रिप्सन फिचर

178

एजेन्सी –  काेराेना महामारीका कारण सर्वाधिक लाेकप्रिय बनेकाे जूम एप्लिकेशनले सम्पूर्ण प्रयोगकर्ताहरूलाई ध्यानमा राखी  निःशूल्क इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउन थालेका छन् ।  प्रयोगकर्ताहरूले निःशुल्क र सःशुल्क इण्ड टू इण्ड इन्क्रिप्सन फिचर प्रयाेग गर्न सक्ने छ ।

जसमा फिचरले गर्दा भिडियो च्याट र बैठकहरु अझै सुरक्षित हुन्छन् । इन्ड टु इन्ट इन्क्रिप्सन फिचरलाई जूमको डेक्स्टप क्लायन्ट, एन्ड्रोइड एप र जूम रुमहरुमा अब एक्टीभेट गर्न सकिने छ ।

यस आईओएसमा पनि चाँडै उपलब्ध हुने भएकाेछ । हरेक प्रयोगकर्ताहरुले म्यानुअल्लीनै यो फिचर सेटिङ्गमा गएर स्वीच अन गर्नुपर्ने हुन्छ । कलको माथिल्लो बाँया भागमा हरियो आइकन देखाएमा यो फिचर सुरु भएको जानकारी लिन सकिन्छ ।

जूमले ३० दिन भरिमा प्रयोगकर्ताहरुले यो फिचरको बारेमा प्रतिक्रिया दिने छन् भन्ने आशा गरेको छ । यो महामारीको समयमा जूमको प्रयोग एकदमै बढदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here