हत्या गरी फरार अभियुक्त २३ वर्ष पछि पक्राउ

140

ललितपुर- सहकर्मीको हत्या गरेर फरार भएका रामेछाप पकरवासका मानकाजी श्रेष्ठ उर्फ ध्रुवलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको छ । २०५४ कार्तिकमा काठमाडौंको जयबागेश्वरीमा काभ्रेको पनौतीका श्याम खड्कालाई मानकाजीले हत्या गरेका थिए । हत्यामा संलग्न मानकाजीलाई २३ वर्षपछि ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) बेल बहादुर पाण्डेले  जनाए ।

१८ वर्षीय श्यामलाई मानकाजीसहित ३ जना मिलेर जयबागेश्वरीस्थित निर्मार्णेश्वर मन्दिर नकिज हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

तिहारको बेला मदिरा सेवन गरेपछि विवाद हुँदा सहकर्मी हत्या गरेपछि मानकाजी २३ वर्षसम्म काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा लुकेर बसेका थिए । पछिल्लो समय उनले ललितपुरको थसीखेलमा भट्टी चलाएर जिविकोपार्जन गरेको अवस्थामा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । ४७ वर्षीय मानकाजीको नाममा ०७४ मा जिल्ला अदालत काठमाडौंले वारेन्ट जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here