काेभिड १९ संक्ररमित हास्यकलाकार गजुरेल अस्पतालमा

285

काठमाडौं-कोरोना संक्रमण भएका वरिष्ठ हास्यकलाकार मनोज गजुरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए । घरमानै आइसोलेसन बसिरहेका गजुरेल घरेलु तथा आयुर्वेदिक उपचार गर्दे आएका थिए । लक्षणसहित कोरोना लागेको उनलाई फोक्सोमा समस्या देखिएपछि अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको जनाइएको छ । अक्सिजन लेभल कम भएपछि उनलाई बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानुपूर्व उहनले फेसबुकमा स्टाटस लेखेका थिए । आफूलाई पूर्ण सुधार नभएको  र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको छ उनले फेसबुकमा लेखेका छन् ।
अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनको फोक्सोमा पानीज मेको र उपचार भइरहेको चिकित्सकहरुले जनाइएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here