डबल नेकपा विभाजन रोक्न प्रस्ताव लाँदै

164

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टीको विवादको टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामूहिक भेटको गृहकार्य गरिरहेका छन् । उनीहरुले ठोस निष्कर्ष निकालेर नेकपा अध्यक्ष समेत रहेका ओलीलाई विकल्पका रुपमा प्रस्ताव लाने तयारी गरेका हुन् ।

प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ विहान नौ बजे संयुक्त बैठक बसी निष्कर्षमा पुग्न लागेका हुन् । धुम्बाराहीमा नेताहरु संयुक्त बैठक बसी निष्कर्षमा पुग्ने र त्यसलाई संयुक्त रुपमा ओलीसमक्ष प्रस्तावका रुपमा लान लागेका हुन् । विश्वस्त स्रोतका अनुसार पार्टी बैठक बसेर विवादको टुंगो लगाउने नेताहरुको प्रस्ताव रहेको छ । स्रोतले भन्यो, जे गर्छ अब पार्टी बैठकले गर्ने गरी जाऔं भन्ने प्रस्ताव रहेको छ ।

प्रधानमन्त्री ओलीले भने नेताहरुलाई समय दिएका छैनन् । उनले सामूहिक भेट गर्न मानेका छैनन् । सचिवालय बैठक डाक्न पनि मानेका छैनन् । सचिवालयमा ओलीको पक्षमा इश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल छन् । उनीहरुले हिजो धुम्बाराहीमा डाकिएको सचिवालयको अनौपचारिक बैठक समेत बहिष्कार गरेका थिए ।

नेकपाभित्र ओलीलाई हटाउने प्रयासहरु भइरहेका छन् । यसैलाई बुझेर उनले पार्टी बैठक डाक्न मानेका छैनन् । बरु बैठक डाकेमा फुटको अवस्था आउने चेतावनी दिएका छन् । उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव समेत आउनसक्ने भन्दै निकटस्थलाई सामनाका लागि तयार हुन भनेका छन् । कुनै हालतमा राजीनामा नदिने अभिव्यक्ति समेत दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here