राष्ट्रपतिबाट ‘मैले बुझेको गान्धी’ विशेष संग्रह विमोचन

114

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज ‘मैले बुझेको गान्धी’ शीर्षकको विशेष संग्रह विमोचन गरेकी छिन् । राष्ट्रपतिको कार्यालय, शितलनिवासमा एक कार्यक्रमका बीच साेमबार उक्त संग्रह राष्ट्रपति भण्डारीले विमोचन गरेको भारतीय दूतावासले जनाएको छ ।

नेपालस्थित् भारतीय दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज लोकार्पण गरियो ।’ राष्ट्रपति भण्डारीले नेपालका लागि भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा राष्ट्रपति भवन, शीतलनिवासमा उक्त पुस्तकको आज दिउँसो लोकार्पण गरेकी हुन् ।

विज्ञप्तीमा थप भनिएको छ,‘हाम्रा नेपाली मित्रहरुसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो । यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ ।

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ ।’ प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरेको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here