दैलेखकाे सदरमुकाममा नेटवर्क फाइबर टु द होम सञ्चालनमा

58

दैलेख – नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापि गरि गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम ९एफटीटीएच०मार्फत सञ्चालन गरिएको हो । पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ ।

हाल सो क्षेत्रमा जम्मा १०२४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइन समेत वितरण गरिएको छ । सो नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५२१ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ ।

यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ । नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ ।

एफटीटीएच सेवाको माध्यमबाट इन्टरनेट सेवा तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी केही समयमा यसबाटै आइपी टिभी ९टेलिभिजन सेवा० समेत उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here