यूरोपमा बस्ने प्रवासी नेपालीहरूले मनाइयो लक्ष्मीपूजा

246

ब्रसेल्स –  नेपालीहरूको दाेस्राे महान् पर्व तिहार यो बर्ष पनि यूरोपमा बस्ने प्रवासी नेपालीहरूको धुमधाम साथ मनाएका छन् ।

नेपालीहरूको प्रमुख चाड दशैं, तिहार, छठ, साकेला , म्हपूजा, लोसार, माघेसंक्रान्ती, उधौली, उभौली यूरोपमा पनि विभिन्न समुदायका नेपालीहरूले भव्य रूपमा हर्षोल्लासका साथ मनाउने गरिएको छ ।

यूरोपमा रहेका नेपालीहरूले तिहारको उत्सब लक्ष्मी पूजा र कुकुर तिहार रौनकता बीच सम्पन्न गरेका छन् । यूरोपमा जन्मिएका नयाँ पुस्ताका नेपालीहरूमा पनि सस्कृति मोह उत्तिकै गहिरो रहेको छ , जति नेपालमा जन्मेका र हुर्केका नेपालीहरूमा छ।

बेल्जियमको ओस्टंडे निबासी स्मिता राई नयाँ पुस्ताकी युवती हुन् । उनले पनि सस्कृति मोहलाई जिबन्त राख्दै शनिबार साँझ लक्ष्मीपूजा गरेकी छिन् । उनले बर्षमा १ पटक दाजुभाई अर्थात माईति पूज्न पाउँदा सारै हर्षविभोर हुने बताईंन ।

त्यसैगरी क्यासेल्लो निबासी यान्ग्जी लामा र आंग दोर्जी सोनाम शेर्पाले पनि आफ्नो छोरी ल्हमुको साथमा आफ्नो कुकुरहरू निको र टेडीलाई सयपत्रीको माला लगाई सेलरोटी र मासुका परिकार बनाई खुलाएर पूजा गरेका छन् ।

कोरोना कहरमा पनि युरोपका नेपालीहरूले परिवारजनसँग आआफ्नो घरैमा बसेर दशैँ मनाए भने तिहारमा पनि यसैगरी लक्ष्मी पूजा गरिएको र भाई टीका पनि लगाउने पनि योजनामा रहेको कुरा लुभेन क्यासेल्लो निबासी मैया नेपालले बताईन।

उनी नेपालमा झापा माईति भएकी बेल्जियमकी स्थायी बासिन्दा हुन् । भाइतिहार नजिक आएसँगै यूरोपको राजधानी बेल्जियममा नेपाली ढाका टोपी र मखमली फूलको मालाको व्यापार ह्वात्तै बढेको छ ।

नेपालबाट सिंधै ढुवानी गर्न कठीन भएकाले बेलायतबाट नेपाली सामग्रीहरू बेल्जियम ल्याउने गरिएको बताउँछन् ब्रसेल्समार्ग लुभेनमा रहेको नेपाली व्यापारी श्रीप्रशाद सापकोटा र बुध्द गुरुङ । गुरुङ र सापकोटा कोरोना पेन्डामिक र लक डाउन अबधीभर पनि नेपाली समुदायको सेवामा आहोरात्र खटिएका नेपाली व्यावसायी हुन् ।

नेपालमा झै नेपाली ढाका टोपी र मखमली फूलको माला लगाई दिएर माईतीहरूलाई पुज्न पाएकोमा आफू नेपालमै रहेको भान हुने कुरा तिहारको सामान गरिद गरिरहेका दिदी बहिनीहरू माया नेपाल , सबिता मगर र मोना गुरुङले बताए ।

अर्ध लकडाउनमा रहेको बेल्जियमको सीमा क्षेत्र खुला रहेको छ । खाद्यान्न पसल र निर्माणका कामहरू , उद्दोग धन्दा र होटल विशेष नियम पालना सहित खुला रहेका छन भने स्कूल, कलेज, बार, क्याफे, रेस्टुरेन्टहरू पूर्ण रूपमा बन्द छन् तर टेकअवे रेस्टुराँ भने खुला रहेको छ ।

यही सन्दर्भमा नेपाली समुदायलाई सन्देश दिँदै बेनेलक्स र यूरोपियन युनियनका कार्यबाहक राजदुत सुधिर भट्टराईले संपूर्ण नेपालीहरूले आफ्नो घरैमा परिवारसँग बसेर रमाइलो गरी भाइतिहार मनाऔं । साथीभाइहरू जमघट भएर जुवा तास नखेलौं । कोरोना संक्रमण हुनबाट बाँच्नको निम्ति सावधानी अपनाऔं भन्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here