नेपालका दुई वरिष्ठ डाक्टर कोरोना संक्रमणबाट मृत्यु

193

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा  नेपालका दुई जना वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष एवं वरिष्ठ बाल शल्य चिकित्सक डा.नारायणबहादुर थापाको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर झाको गएराति र डाक्टर थापाको हिजाे उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयले दुबैजना चिकित्सकको निधनमा दुख व्यक्त गरेको छ । यसअघि प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत एकजना वरिष्ठ चिकित्सको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । नेपालमा कोरोनाबाट ज्यान गुमाउने चिकित्सकको संख्या ३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here