कोरोना संक्रमित साँढे ५ करोड नाघ्यो

163

काठमाडौं – हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढ ५ करोड नाघेको छ । बितेको २४ घन्टामा पाँच लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५३ लाख ४९ हजार पुगेको हो ।

पछिल्लो तथ्यांक अनुसार १३ लाख ३२ हजार ३ सयको मृत्यु भएको छ । विश्वभर ३ करोड ८४ लाख कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । एक करोड ५५ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १५ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५२ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ८८ लाख ७४ हजार संक्रमितमध्ये एक लाख ३० हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५८ लाख ७६ हजार संक्रमितमध्ये एक लाख ६६ हजारको मृत्यु भएको छ ।

यूरोपमा कोरोना भाइरसको महामारी बढेको छ । यो जाडो मौसमा यूरोपमा कोरोनाको कहर डरलाग्दो हुने संकेत देखिएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा १९ लाख ९१ हजार संक्रमित संख्यामध्ये ४५ हजारको मृत्यु भइसकेको छ ।

रुसमा १९ लाख ४८ हजार संक्रमितमध्ये ३३ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख २१ हजार संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १३ लाख ९० कोरोना संक्रमितमध्ये ५२ हजारको मृत्यु भएको छ । इटालीमा १२ लाख संक्रमितमध्ये ४५ हजारको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here