आज दिउँसो एक बजे मन्त्रिपरिषद्को बैठक

66

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ  । सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद‍्को बैठक बस्ने भनिएको थियो । तर, अहिले सो बैठक एक घण्टापछि २ बजे बस्ने जानकारी प्राप्त भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।

आज एक बजे बालुवाटारमा नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने तय गरिएको थियो । प्रधानमन्त्रीले सोही समयमा नै मन्त्रिपरिषद् बैठक बोलएपछि अन्यौल सिर्जना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here