कथानक चलचित्र ‘आर्या’को गीत सार्वजनिक

453

काठमाडाैं – पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि निकै नै चर्चित मानिएको मानुङ डाँडामा छायांकन गरिएको चलचित्र ‘आर्या’को गीत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रोडक्शनको निर्माणमा तयार भएको यो चलचित्र लकडाउनका कारण प्रदर्शन हुन पाएको थिएन । अब भने चलचित्रको निर्माणपक्षले चलचित्रचको प्रचार आरम्भ गरेको छ । चलचित्रमा समावेश ‘हाम्रो धर्ती’ बोलको गीतमा मेलिना राइको स्वर, राम सिटौलाको संगीत, लक्ष्मण सिटौलाको शब्द छ ।

काठमाडौं-कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका शिल्पा पोखरेललाई फिचरिङ गरिएको छ । उपेन्द्र तिमिल्सिनाले यो चलचित्रको निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई प्रयोग गरिएको छ । झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र गौरवको प्रतिक मान्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ ।

दिव्यराज सुवेदीको छायांकन, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेको चलचित्रमा शिल्पाको साथमा अनुप विक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here