दुईवटा मोटरसाईकल आपसमा जुध्दा घटनास्थलमै मृत्यु

51

बिर्तामोड झापाको विर्तामोडमा दुईवटा मोटरसाईकल एक आपसमा जुध्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो ११ बजेर २५ मिनेटमा पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका ६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रक आएर किच्दा दुईजनाको मृत्यु भएको हो ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे २ प ४८४७ र विपरित दिशाबाट आउँदै गरेको अर्को अनटेष्ट मोटरसाईकल एकअर्कामा जुधेको बेला पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर किचेको थियो ।
उक्त ठक्करमा मोटरसाईकल चालक बुद्धशान्ति ३ का २४ वर्षीय कुशल लिम्बु र पछाडि सवार सोही स्थानका ११ वर्षीय दिप्सन कडेँल घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख प्रकाश जबेगुले बताउनुभयो ।
दुर्घटनामा परी घाइते हुनेमा अर्जुनधारा ११ का २२ वर्षीय गगन तामाङ र बुद्धशान्ति ३ की ३९ वर्षीया सावित्रा कँडेल समेत घाइते हुनुभएको छ । घाईतेको विएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here