खाल्डाखुल्डी पुर्न शहरी विकास मन्त्रीको निर्देशन

7

काठमाडौं – शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोरको स्थलगत अवलोकनमा निस्किएका मन्त्री श्रेष्ठले करिडोरको खाल्डाखुल्डी पुर्न, बिजुलीबजारपुलमा तत्काल अन्डरपास बनाउने र बाटोमै खुला रुपमा राखिएका मंगालहरु तत्काल बन्द गर्न पनि दिर्नेशन दिएका छन् ।  मन्त्री श्रेष्ठ सहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगर स्थित आर्च बृजबाट अवलोकन शुरु गरेको थियो । हाल आर्चबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुलमुनि अन्डरपास निर्माण प्रकृया शुरु गर्न निर्देशन दिएका हुन् ।  मन्त्री श्रेष्ठसहित टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई , मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा.भाइकाजी तिवारीपनि सहभागी थिए । उनीहरुले खोलाले ओगटेको दाया र बाया गरी २४ किलोमिटर सडकको भौतिक अवस्थाबारे स्थलगत  निरीक्षण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here