चीनबाट रक्षामन्त्री नेपाल आउने

225

काठमाडौं-भारतबाट उच्च अधिकारीहरु धमाधम नेपाल भ्रमणमा आइरहँदा चीनबाट पनि यो क्रम शुरु हुन लागेको छ । आउँदो हप्ता चिनियाँ रक्षामन्त्री वेई फङ्गह १२ घन्टाका लागि नेपाल आउँदैछन् ।

फङ्गह विहान आएर बेलुका फर्कने तय भएको छ । उनी आउने दिनको खुलासा नगरिएपनि अर्को हप्ता आउने निश्चित भएको बुझिएको छ । चीनका विदेशमन्त्री वाङ्ग यी नेपाल भ्रमणमा आउने चर्चा थियो । उनी नभई रक्षामन्त्री आउने भएका हुन् ।

रक्षामन्त्री वाङ्ग यी स्टेट काउन्सिलर पनि हुन् । उनी चीनको मन्त्रिपरिषदका पाँचजना स्टेट काउन्सलरमध्ये एक हुन् ।

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण लगत्तै भारतका विदेश सचिव हर्ष श्रृंगलको अबको एक हप्तापछि भ्रमण हुँदैछ । भ्रमणको मिति नखुलाइएपनि दुवै देशले तयारी गरिसकेका छन् । श्रृंगलको नेपालसँग पारिवारिक साइनो पनि छ । उनको मामाघर नेपाल हो ।यसअघि भारतका सेनापति मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमण पूरा गरी फर्किएका थिए । उनले नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यान्ही समेत लिएका थिए ।

नरवणे अघि भारतको गुप्तचर निकाय रअका प्रमुख सीमान्त गोयल नेपाल आएका थिए । उनी एक रात नेपाल बसेका थिए । गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका थिए । प्रोटोकल मिचेर प्रधानमन्त्री ओलीले गोयलसँग भेटेको भन्दै उनकै दल नेकपाभित्र आलोचना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here