डबल नेकपाकाे मन्त्रिपरिषद बैठक महत्वपूर्ण निर्णय हुने

17

काठमाडौं – मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भर्खर शुरु भएको बैठकमा केही महत्वपूर्ण निर्णयहरु हुने बुझिएको छ ।

प्रायः सोमबार बस्ने गरेको बैठक यो हप्ता आइतबार नै बसेको हो । आजको बैठकबाट चाडपर्वपछिको राजनीतिक अवस्था, कोरोना भाइरसको जोखिमको समिक्षालगायत केही नीतिगत निर्णयहरु हुने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा मन्तव्य समेत दिने बुझिएको छ । नेकपा विवाद उत्कर्षमा पुगिरहँदा आजको बैठकमा प्रधानमन्त्री ओलीले कुनै कदम चाल्ने हुन् या केही भन्ने हुन् भन्ने चासो बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here