नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुग्याे

61

काठमाडौं – नेपालमा हिजाेसम्म २४ घण्टामा १६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।  हिजाे  देशभर ५ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ३२१ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here