नेपालकी किशोरी संसारका एक सय प्रेरणादायक महिलाको सूचीमा

29

काठमाडौं- बेलायती प्रसारण निगम (बीबीसी) ले २०२० का लागि छनोट गरेको संसारभर १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी पनि परेकी छिन् ।

​म्याग्दीको मंगला गाउँकी १८ वर्षीया सपना रोकामगर प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा परेकी हुन् ।

​सपनाको संस्थाले बेवारिसे शवहरूलाई धार्मिक विधि पूरा गर्दै दाहसंस्कार गर्ने गरेको छ। पशुपति आर्यघाटमा उनीहरुले यो काम गर्दै आएका छन् ।

‘अग्रगामी परिवर्तनका लागि फरक काम गर्दै आएका’ प्रभावशाली महिलाहरूलाई वर्षेनी बीबीसीले यो सूचीमा समावेश गर्ने गर्छ। ​

यो सूची​ फिनल्याण्डमा महिलामात्रै सम्मिलित गठबन्धन सरकारको नेतृत्व गर्ने सुन्ना मारिनदेखि चलचित्रकी नायिका मिसेल योहोसम्म सूचीकृत भएका छन्‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here