कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुग्याे

67

काठमाडौं-नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १९, उदयपुरमा ८, ओखलढुंगामा १, खोटाङमा २, झापामा १ सय ९३, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा ७, भोजपुरमा ३, मोरङमा ७२, संखुवासभामा २८ र सुनसरीमा ५३ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ४६, पर्सामा ३, बारामा ३, महोत्तरीमा १३, सप्तरीमा १०, सर्लाहीमा ८ र सिरहामा २० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ३५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ३१, चितवनमा ८२, दोलखामा ४, धादिङमा ३, नुवाकोटमा ५, भक्तपुरमा ८७, मकवानपुरमा ३७, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १ सय १३, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ९०, गोरखामा १४, तनहुँमा १५, नवलपरासी पूर्वमा १९, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ८, वागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ८, गुल्मीमा ३०, दाङमा ५१, नलवपरासीमा १७, पाल्पामा २५, प्यूठानमा ८, बर्दियामा ४, बाँकेमा १७, रोल्पामा ३ र रुपन्देहीमा ४७ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा मात्र कोरोना भेटिएको छ। जुम्लामा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा १, कैलालीमा ३, डडेल्धरामा ६, डोटीमा २, दार्चुलामा १३, बाजुरामा ४ र बैतडीमा १३ जनामा कोरोना भेटिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here