काठमाडौं -नेपालभाषा सांगितिक जगतमा आफ्नै बेग्लै पहिचान कायम गर्न सफल भएकी गायिका गंगा महर्जनले नेपाल संवत ११४१ को नयाँ वर्षकाे अवसरमा पहिलाे नेपाली भाषाको न आशा भो तिम्रो न त हुनेको कुनै भर बोलको म्यूजिक भिडियाे सार्वजनिक भएकोे छ । नेवाः एफएम, नेवाः एचडी टीभीमा कार्यक्रम सञ्चालिका समेत रहेकी गायिकाले याेे भन्दा पहिला नेपाल भाषाकाे आफ्नै सोलो एल्बम स्वनिगःया नेवाः विमोचन गरेका थिए ।
निर्देशनमा पहिलो पटक पाइला राखेका अभिनव जोशीको यस गीतमा चर्चित मोड्ल सुष्मा राना कार्की राजीव जंग बस्नेतको अभिनय रहेको छ । साथै छायांकन र सम्पादन मनोज रत्न शाहीको रहेको छ ।
कार्यक्रममा नेवाः एचडीका प्रमुख नविन जोशी, लोककवि राजभाई जकःमि, निर्देशक शोभित बस्नेतले धारणा राखेका थिए । यस गीतमा शब्द बसन्त बित्यासी थापाको संगीतकार राजु सिंहको संगीतमा फनिन्द्र राईको संगीत संयोजन रहेको छ । म्युजिक भिडियो म्स्टूडियो पर्पलमा शरण छिनामले रेकर्डिंग गरेका थिए भने सुमन खड्काले मिक्सिङ्ग गर्नु भएको थियो ।