काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले हिजाे पद तथा गोपनियताको शपथ लिएका छन् । महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । महासङ्घको कार्यालय टेकुमा आयोजित समारोहमा अध्यक्ष राणाले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई शपथ खुवाएका थिए ।
महासङ्घको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले सबै निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।