ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

127
रौतहट – रौतहटमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना अभियुक्तलाई पक्राउ गरेको छ । ज्यान मुद्दामा फरार रहेका कटहरिया नगरपालिका १ भसेढवाका तेजन भन्ने ४५ वर्षीय तेजनारायण दासलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।
विगत लामो समयदेखि लुकिछिपी बसेका र सोमबार साँझ आफ्नै गाउँमा जन्ती हेर्न घरबाट बाहिर निस्किँदा दासलाई स्थानीयहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

सोही सूचनाको आधारमा अस्थाई प्रहरी छेदिचौक बाट गएको टोलीले अभियुक्त दासलाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम शाहले जानकारी दिए । निजलाई आवश्यक कार्वाहीको लागि आजै जिल्ला अदालत गौरमा हाजिर गराउने एसपी शाहले जानकारी दिएका छन् ।

आरोपी दास गत  बैशाख ७ गते राती  कटहरिया नपा वडा नं१ भसेडवा बस्ने सन्दिप यादवलाई  कुटपिट गरी ज्यान मारेर  फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here