राजवादीकाे काठमाडौंमा प्रदर्शन

454

काठमाडौं – संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

‘राष्ट्रवादी’ हरुको समूहले संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै ‘राष्ट्र निर्माता शाहवंशीय संवैधानिक राजसंस्था र सनातन धार्मिक अधिराज्य’को माग गरी प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय झण्डासहित उनीहरुले ‘दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ’ भन्नेसहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here