सचिवालय बैठक १ बजे बस्दै

67

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा दिउसो १ बजे बस्दैछ ।

यस भन्दा अगाडीका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरेका थिए ।

आजको बैठकमा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेका प्रतिवेदनमाथि माथि छलफल गर्ने कार्यक्रम रहेको पार्टी सचिवालयका एक सदस्यले जानकारी दिए ।

मंसिर १३ गते शनिबार बसेको को बैठकमा ओलीले ३८ पेज लामो प्रतिवेदन पेश गरेका थिए ।

यस्तै कार्तिक २८ मा अर्का अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदन र प्रधानमन्त्री ओलीले पेश गरेको प्रतिवेदनका वारेमा आजको वैठकमा छलफल हुने संभावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here