काठमाडाैं – नेकपा भित्र एकपछि अर्को गर्दै अल्पमतमा पर्दै गएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आजको सचिवालयको बैठकमा आउन अस्वीकार गरेका छन् ।
उनले हिजोको बैठकमा झोक्किदै प्रचण्डको प्रस्ताव नभई आरोप पत्र हो भन्दै त्यसमा छलफल हुन नसक्ने भने पनि अरु नेताले छलफल हुनु पर्छ भने पछि ओली लभगभ एक्लो परेका थिए । उनलाई बचाउ गर्ने महासचिव विष्णु पौडेल मात्र देखिएका थिए ।
त्यस पछि उनले अब बैठकमै नआउने जनाउ दिएका छन । कार्तिक २८ गते प्रचण्डले ल्याएको प्रतिवेदनमा आफूमाथि आरोप लगाईएको भन्दै ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन ल्याएका थिए । तसर्थ नेकपा भित्रको बिबाद सुल्झिने अझै कुनै संकेत दिएको छैन ।
सचिवालयको बैठक आज दिउसो १ बजेका लागि बोलाईएको छ । ओली नआए पछि बैठक बस्ने या नबस्ने या प्रचण्डले अध्यक्षता गरेर अघि बढाउने भन्ने अन्तिम टुंगो लाग्न बाँकी रहेको एक नेताले जानकारी दिए ।