सामाजिक अभियन्ता रमेश प्रसाईलाई दुलही जुर्‍याे

182
काठमाडाैं – सामाजिक अभियन्ता,प्रखर वक्ता र सामाजिक सञ्जालमा चर्चित व्यक्तित्व रमेश प्रसाई बैवाहिक बन्दमा बाँधिने भएका छन् । ३ बर्ष देखि मायाकाे गाठाे कस्न खपिस प्रसाईले बैवाहिक बन्दमा बाँधिने भएका हुन् ।
पछिल्लो समय रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा प्रसाईलाई दर्शक स्राेता माझ झन लाेक प्रिय बनाएकाे छ र उक्त गित टिकटकमा समेत भाईरल बनेकाे हाे ।
करिव ३ बर्षकाे माया र प्रेमलाई सामाजिक क्षेत्रमा काम गर्दै आईरहेकी कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएकाे बताईएकाे छ । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन धरानमा बिबाह गर्न लागेकाे पारिवारिक स्राेतले बताएको छ । उनीहरु दुवै दृष्टिविहिन हुन् ।
३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए साे प्रस्ताव नन्दाले ग्रहण गरेपछि उनिहरूकाे लगनगाठाे कसिने भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here