कोरोना भाइरसविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा आयुर्वेदिक औषधिमा लगानीमा उचित

167

काठमाडौं-जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु पर्ने जनाएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औषधीमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जीत हासिल गर्न सकिने बताए । आयुर्वेदिक औषधीले कोरोना भाइरसलाई ठिक गर्ने उनको दाबी थियो ।

‘सरकारले कोरोनाविरुद्धको खोपमा अरबौं रकम खर्च गर्दैछ,’ जटिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष रोकायाले भने, ‘जटिबुटीमा अनुसन्धान गरी औषधी विकास गरेर कोरानाविरुद्ध जीत हासिल गर्न सकिन्छ । । उनले जटिबुटीबाट धेरै रोग ठिक हुने भन्दै देशको ढुकुटीबाट अरबौं विदेशिनबाट जोगिने बताए । उनले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गर्दै सरकारले आफ्नो औषधि माथि अनुसन्धान गर्नुपर्ने बताए ।

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने,‘हामीले तयार पारेको कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको छ । अहिलेसम्म सैयौको संख्यामा यो औषधीले कोरोना संक्रमितलाई राम्रो गरेको छ । संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’

उनकाअनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ । ‘यो औषधी धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ।’–उनले भने । ‘रोग जस्तोसुकै होस, उपचार सम्भव छ’ भन्ने उनको नारा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here