नेप्से सूचकमा नयाँ रेकर्ड कायम

136
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँनयाँ रेकर्ड बनाउँदै जाँदा सूचीकृत कम्पनीहरुको सेयर भाउ पनि सर्किट लागेर बढ्न थालेको छ । नेप्सेको बुलिस यात्रा बुधबार पनि कायमै रहेको छ । कारोबार रकमले पनि उत्साह थप्दै गएको छ । बुधबार नेप्से सूचक हालसम्मकै उच्च २०७१.०२ विन्दुमा पुगेको छ । नेप्सेमा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
नेप्सेमा सूचीकृत व्यापारिक समूहबाहेक बाँकी सबै समूहमा हरियाली छाएको छ । बजार उत्साहजनक रुपमा बढ्दा कतिपय कम्पनीहरुको सेयर भाउमा आक्रमक वृद्धि भएको छ । बुधबार पनि ९ वटा सूचीकृत कम्पनीको सेयर भाउ १०% ले बढेको छ । हेरौं, नेप्सेले नयाँ उचाई बनाउँदा कुनकुन् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए :

यता, सेयर बजारले रेकर्ड बनाउँदै गर्दा पनि केही कम्पनीका लगानीकर्ता भने नोक्सनमा गएका छन् । बुधबार अधिकांश समूहमा हरियाली आउँदा पनि केही कम्पनीको सेयर भाउ भने घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here