अमेरिकी सेनाद्वारा क्युब आकारको रहस्यमय वस्तु कैद

150
एजेन्सी- अमेरिकी सेनाले एटलान्टिक महासागरमाथि क्युब आकारको रहस्यमय वस्तु उडिरहेको वस्तुको तस्वीर कैद गरेकाे छ ।  यूएफओबारे अमेरिकी रक्षा मन्त्रालयबाट लिग भएको गोपनीय रिपोर्टमा यो रहस्यमय वस्तुको तस्वीर बाहिरिएको हो ।

लिग भएको एक फोटामो चाँदी रंगमा क्यूव जस्तो वस्तु एटलान्टिक महासागरमाथि उडान भरिरहेको देखिएको छ । यूएफओ देखिएको यो घटना २०१८ को भएको बताइएको छ । र यो वर्ष गर्मी मौसममा पनि देखिएको बताइएको छ ।

यी तस्वीर अमेरिकी खुफिया संगठनका बीच ठूला परिमाणमा आदानप्रदान गरिएको छ । अन आइडेन्टिफाइड एरियल फेनोमेना टास्क फोर्सले यो रिपोर्ट तयार पारेको थियो ।

रहस्यमय वस्तु समद्रबाट निस्केर आकाशमा चक्कर लगाउन थालेको यूएफओको रिपोर्टमा भनिएको छ । साथै यो वस्तु परग्रही हुनसक्ने सम्भावना रहेको पनि जनाइएकाे छ । ब्रिटिश विशेषज्ञ निक पोपले डेलिमेलसँग कुरा गर्दै यूएफओबारे खुलासा भएको अमेरिकी रिपोर्ट असाधारण भएको जनाएका छन् ।

‘पर्दापछाडि चलिरहेका यस्ता विषयवस्तुबारे न जनतालाई जानकारी छ । अमेरिकी सरकार यूएफओसँग  कसरी लडिरहेको छ भन्ने मात्र देखाएको छ । यो खुलासाबाट अमेरिकी सरकार यूएफओबारे गम्भीरताका सोँचिरहेको छ, जति पहिले सोचेको थिएन’, उनले भने ।

निकले छिट्टै गम्भीर विषय खुलासा हुनसक्ने अपेक्षा व्यक्त गरेका छन् । हालै सार्वजनिक भएको उक्त रिपोर्टबारे अमेरिकी रक्षा मन्त्रालयले हालसम्म केही बताएको छैन । लिग भएका यी तस्वीर पहिलेदेखि नै द डिब्रीफमा प्रकाशित भएका थियो ।

यसमा रक्षा मन्त्रालय र खुफिया सुत्रलाई उदृत गरिएको थियो । सुत्रअनुसार लिग भएका यी तस्वीर २०१८ मा अमेरिकाको पूर्वी तटमा एक अमेरिकी वायुसेनाका पाइलटले आफ्नो मोबाइल फोनमा खिचेका थिए । यी तस्वीरलाई पहिला अज्ञात चाँदी रंगका क्युब आकारको वस्तु भएको बताइएको थियो । यो रहस्यमय उडनतस्तरी समुद्रको ३० हजारदेखि ३५ हजार फिटको उचाईमा उडिरहेका थियो ।

तस्वीर देखेर विषेशज्ञ पनि अचम्ति भएका छन् । उनीहरुले यो रहस्यमय वस्तु एक जिपिएस डिभाइसजस्तै देखिने गरेको जनाएका थिए  । यसलाई चक्रवाद आएपछि विमानबाट गिराउने गरिन्छ । यद्दपि यी तस्वीरमा जिपिएस ट्रान्सपोट देखिँदैनन् ।

केही विषेशज्ञका अनुसार यो वस्तु मौसम पत्ता लगाउनका लागि छाडिएका बेलुन हुनसक्छन् । यी दावीकाबीच रहस्यमय वस्तुका तस्वीरले अमेरिकी रक्षा मन्त्रालयलाई तनावमा पारेको छ । अमेरिकी रक्षा मन्त्रालयको रिपोर्टमा एलियन हुनसक्ने सम्भावना अधिक रहेको जनाइएकाे छ ।  साथै मानिसले बनाएको कुनै पनि डिभाइस हुन नसक्ने जनाइएकाे छ । पछि संशोधन गरिएको रिपोर्टमा हावा र पानीमा सहजै उड्नसक्ने क्षमता भएको पनि जनाइएकाे छ ।

‘यो वस्तु तिव्र गतिमा समुद्र भित्रबाट निक्लेर अविश्वसनीय रफ्तारमा हावामा उड्नसक्छ,’ रिपोर्टमा भनिएको छ । तस्वीरमा अज्ञात वस्तु समुद्रबाट निकालेर रहस्यमयी ढंगले हावामा उडेको देख्न सकिन्छ । यसको हरेक एक कुनामा सेतो बत्ति बाहिर निस्किरहेको देखिन्छ । त्रिकोणात्मक आकारमा बनेको अज्ञात वस्तु परानो ग्रन्थमा उल्लेख गरिएको विमानजस्तो पनि देखिन्छ ।

यसलाई पहिले अमेरिकी नौसेनाका कमाण्डर डेभिड फ्रेभरले २०१७ मा प्रशान्त महासागरमा २००४ मा रहस्यमय वस्तु पानीबाट बाहिर निस्किँदै गरेको देखेको दाबी गरेका थिए । आफूले यसको पिछा गर्दा रहस्यमय ढंगले गायब भएको जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here