मन्त्रालयको गरिमा कायम हुनेगरी काम गर्न मन्त्री गुरुङको निर्देशन

222

काठमाडौं  । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार आयोजित आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित कार्यक्रमको प्रथम चौंमासिक समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई समापन गर्दै उहाँले सो निर्देश गर्नुभयो । सूचना र प्रविधिको माध्यामबाट मुलुुकलाई समृद्ध बनाउन चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजानुपर्छ उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुनेगरी इमान्दार, स्वाभिमान र जिम्मेवार भएर काम गर्न पनि कर्मचारीलाई निर्देश गर्नुभयो । “चालूू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन म मन्त्रालय अन्तरगतका सबै निकायलाई आग्रह गर्दछुुँ” उहाँले भन्नुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टालटुुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपालः सुुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नसकिने बताउनुभयो । नागरिकप्रति जवाफदेही हुनेगरी कार्य सम्पादन गर्न कर्मचारीले इमान्दारीका साथ काम गर्नुपर्ने आवश्यक्ता उहाँले औंल्याउनुभयो । कार्यविधि, नियमावली, निर्देशिकाहरु विकास आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन बाधक बन्न नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री गुुरुङले मन्त्रालयको गरिमालाई उच्च बनाउने गरी गेमचेन्जर प्रोग्राम छनौटको कामलाई ढिलाई गर्न नहुने बताउनुभयो । आमसञ्चार, दूूरसञ्चार, सूचना प्रविधिको क्षेत्रमा गेम चेन्जर प्रोग्रामको छनौट गरी अघि बढाउन लागिपर्नुपर्छ मन्त्री गुरुङले भन्नुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले सूूचना र प्रविधिको विकासमार्फत् दीगो विकास लक्ष्य हासिल हुनेगरी मुलुकलाई समृद्ध बनाउन मातहतका सबै निकाय क्रियाशील हुनुपर्ने सो अवसरमा बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले महालेखा परीक्षकको कार्यालयले निर्देश गरेअनुसार काम गर्न मन्त्रालयका कर्मचारीलाई आग्रह गर्नुभयो । मुलुकको सुशासन र विकासका लागि बाधक नहुने गरी कार्यविधि, निर्देशिका र नियमावली बनाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तोकिएको समय अगाडि नै सम्पन्न हुनेगरी काम गर्न मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here