एक महिलाले दुई पिताबाट जन्माइन् जुम्ल्याहा बच्चा

158

एजेन्सी- एकैपटक एकैसमयमा जन्मेका बच्चाहरुको डिएनए कसरी फरक हुन सक्छ यो त सोच्न पनि सकिदैन । तर, भियतनाममा एक जुम्ल्याहा बच्चाको डिएनए फरक फरक आएको छ । अर्थात एक महिलाले एकै समयमा दुई पिताको बच्चाको जन्म दिएकी छिन् ।

जुम्ल्याहा भाईहरुको रुप रंगमा निकै अन्तर रहेको छ । रुप रंग फरक देखिएकालै नै मानिसहरु अचम्ममा परेका छन् । सबै मानिसहरुले दिएको सल्लाह अनुसार बच्चाका माता पिता डिएनए जाँच गराउन राजी भए । जाँच पछि रिपोर्ट हेर्दा झन सबैजना आश्चर्यमा परे ।

रिपोर्ट अनुसार दुई जुम्ल्याहा बच्चाको डिएनए रिपोर्ट फरक फरक आयो र दुवैजनाको बायलजिकल पिता फरक भएको पत्ता लाग्यो । डाक्टरहरु पनि अचम्मित भए की यो कसरी भयो भनेर । डाक्टरहरुले ओब्युलेशनको दिन महिलाले पतिको साथै अन्य व्यक्तिसँग पनि सहवास गरेको निष्कर्ष निकालेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here