सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

105

काठमाडौं – काठमाडौं महानगरपालिका-३ सामाखुसीस्थित सडकमा प्र.३-०१-५ ख ९५५२ नम्बरको बस र बा.३३ प १९१ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक तारकेश्वर नगरपालिका-५ बस्ने ५५ वर्षीय लोथर थारुको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसका साथै बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१८ सिदार्थ भ्युस्थित सडकमा लु.४ त ७३७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक हाल नाम, थर, वतन नखुलेका २६ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई नर्सिङहोम नेपालगंजर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here