मनोज गजुरेलको र मेरो बाटो अलग छ : अभिनेत्री सिवाकोटी

91

काठमाडौं । केही दिन अगाडि हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खुलासा गरेका थिए । उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी समेत भइरहेका छन् ।

यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा सिवाकोटीले विवाह गर्न लागेको समाचार समेत बनाएका छन् । उक्त समाचारले बजारमा हल्ला मच्चाएपछि अभिनेत्री सिवाकोटी भने तनावमा परेकी छिन् । सायद, त्यसैले पनि होला उनले सोमबार एक स्टाटस पोष्ट गर्दै समाचारको विषयमा आक्रोश व्यक्त गरेकी छन् ।

‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै भनेर विभिन्न अनलाइनमा आएको समाचार देख्दा दया लागेर आयो’, उनले भनेकी छिन्, ‘भिजिटर बढाउने नाममा यथार्थभन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बद‍्नाम बनाएको छ ।’

पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सही अर्थमा पत्रकारिता गर्ने माथि पनि प्रश्न उठेको अनुमान गरेकी उनले फेसबुकमा अगाडि लेखकी छन्, ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग छ । मेरो उहाँप्रति सम्मान सधैँ उचोनै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको फाइदा होला र ?’

उनी थप्छिन् ‘कलाकार भन्दैमा जेपनि लेख्न पाइन्छ र भन्न पाइन्छ भन्ने मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here