क्रिकेटर सन्दीप बीबीएल खेल्न अष्ट्रेलिया उडे

72

काठमाडौँ – नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी-२० क्रिकेट बिग बास लिग (बीबीएल) खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी मंगलबार अष्ट्रेलिया उडेका हुन् ।

बुधबार अस्ट्रेलिया पुगेपछि सन्दीप १४ दिनको क्वारेन्टिनमा बस्ने छन्। बीबीएल भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले उनले शुरुआती छ खेल गुमाउने छन् ।

बीबीएलमा यसअघि दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यो सिजन भने होबार्ट हुरिकेन्सबाट खेल्दैछन् । उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए ।

सन्दीप आबद्ध होबार्टले मंगलबार दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि सन्दीप कोरोना सङ्क्रमित भएका थिए  । हाल उनी संक्रमणमुक्त भैसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here