युरो किड्सद्वारा सम्मानित भइन् मिस नेपाल नम्रता

206
काठमाडौं – काठमाडौं युरो स्कुलको प्रि स्कुल युरो किड्स गोगंबुले मिस नेपाल नम्रता श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नम्रता युरो किड्सकी शिक्षिका हुन् ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र टोखा नगरपालिका वडा नं. ८ का अध्यक्ष केशवबहादुर खत्रीले एक कार्यक्रमबीच नम्रतालाई प्रशंसा पत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरे ।

नम्रताले हासिल गरेको उपलब्धिका लागि उनलाई सम्मान गरिएको युरो किड्सका निर्देशक प्रमोद पाण्डेले जनाएका छन् ।

‘नम्रताले हासिल गरेको उपलब्धीले सिंगो विद्यालय परिवारलाई हर्षितका साथै गौरवान्वित तुल्याएको छ । पुरस्कार रकम सानै भए पनि सफलताको कदरस्वरुप हामीले नम्रतालाई सम्मान गरेका हौं,’ निर्देशक पाण्डेले भने ।

निर्देशक पाण्डले नम्रता एक असल, लगनशील, इमानदार र कर्तब्यनिष्ठ शिक्षिका भएको धारणा व्यक्त गर्दै नम्रताले विद्यालयमा गरेको कार्यको प्रशंसा गरे ।

नम्रताले युरो किड्समा करिब २ वर्ष सेवा गरेकी थिइन् । सम्मानित भएपछि नम्रताले सम्मानका लागि विद्यालय परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि विद्यालयसँग कुनै न कुनै भूमिका जोडिरहने प्रतिबद्धता जनाइन् ।

मेयर अधिकारीले आफू पनि पहिले शिक्षण पेसामै संलग्न भएको स्मरण गर्दै शिक्षकमा पढाउने अलावा अन्य खुबी पनि हुन्छ भन्ने कुरा नम्रताले प्रमाणित गरेको विचार व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here