काठमाडौं-सोमबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। आइतबार नेपाली बजारमा छापावाल सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार प्रतितोला ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको छ। सोमबार एकै दिन चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ।
आइतबार चाँदी तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


















