नेकपाका अध्यक्ष प्रचण्ड बादललाई भेट्न पुल्चोकमा

317

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राम बहादुर थापा ‘बादल’लाई भेट्न पुल्चोक पुगेका छन् ।

केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेपछि असन्तुष्ट बनेका प्रचण्ड पक्ष र माधव नेपाल पक्ष केही मन्त्रीहरुले हिजो नै राजिनामा गरिसकेका छन् भने राम बहादुर थापाले भने पदबाट राजीनामा दिन अनाकानी गरेका छन् । उनी  हिजो बोलाइएको प्रचण्ड पक्षको स्थायी कमिटी बैठकमा पनि उपस्थित भएनन् ।  यसअघि पूर्व माओवादीका बादल अहिले आएर प्रचण्डको साथ छोड्न लाग्या हो कि भन्ने टिप्पणीहरु पनि भइरहेका छन् ।

आज विहान पनि थापालाई दवाव दिन केही प्रचण्ड खेमाका स्थायी कमिटी सदस्यहरुले भेट गरेका थिए । उनीहरुले पार्टी विवादमा अध्यक्ष प्रचण्डसंगै मिलेर जानुपर्ने भन्दै प्रचण्डलाई छोडे आफूहरुले साथ दिन नसकिने थापालाई चेतावनी समेत दिएका थिए ।  त्यसलगत्तै अहिले प्रचण्ड आफै थापालाई भेट्न पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here