नेकपाको प्रचण्ड गूटले संघर्षको कार्यक्रम घोषणा

195

काठमाडौं- डबल नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले संघर्षको कार्यक्रम घोषणा गरेको छ। प्रतिनिधि सभा विघटनलाई ‘कथित’ भन्दै आज बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले विभिन्न खाले संघर्षको कार्यक्रम घोषणा गरेको हो। बैठक गत तीन दिन यता जारी थियो।

यस्ता छन्, संघर्षका कार्यक्रमः १० गते- बिहान साढे ९ बजे माइतीघर र १२ बजे निर्वाचन आयोगमा केन्द्रीय कमिटी र संसदमा रहेका सांसदहरुको उपस्थितिमा विशेष कार्यक्रम सञ्चालन।सोही दिन राजधानीमा पार्टी अध्यक्षहरुको तर्फबाट पत्रकार सम्मेलन गरिने।

११ गते- प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुनेछ।

१२ गते- ७७ वटै जिल्लामा कार्यकर्ता भेला। प्रतिगमनको विरुद्ध संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने। १४ गते- राजधानी र जिल्लामा विरोध प्रदर्शन।

२० गतेसम्म- नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला।

२५ गतेसम्म- वडामा पार्टीको बैठक र भेला।

२४ गतेसम्म- जनवर्गीय संगठनहरुको बैठक र भेला राजधानीमा यस बीचमा पनि विभिन्न कार्यक्रमहरु गरिने।

बैठकले यस संघर्षको कार्यक्रम व्यवस्थित ढगले परिचालित गर्न प्रवक्ता श्रेष्ठको संयोजकत्वमा केन्द्रीय संघर्ष समिति गठन गरिएको छ। त्यसको एक सचिवालय रहने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here