मानिसको उत्पति र विकास

354

मानिसको उत्पति र विकासलाई केलाउने हो भने हामीले मानव इतिहाँसको साथै भुगर्भशास्त्रीहरुको भनाइलाई आत्मासाथ गर्नुपर्ने देखिन्छ । मानिसको उत्पति र विकास अत्यन्तै लामो समयको अन्तरालमा भएको हो । यस लेखमा हामीले मानिसको उत्पति र विकासलाई पाठक सामु विस्तृत रुपमा पस्कने प्रयत्न गरेका छौँ ।

भुगर्भविद् बैज्ञानिकहरुको भनाई अनुसार अर्वौं वर्ष पहिले , सबै ग्रह उपग्रह सहित सुर्य एकमात्र पिण्ड (गोलो आकारको ) थियो । तत्कालिन समयमा सुर्य आजको भन्दा बढी तातो थियो , ठुलो पनि थियो तर सुर्यको कारण सारा आकाश ढाकिएको थिएन । आकाशमा सुर्य जस्ता करोडांै तारहरु विद्यमान थिए ।

वाष्पमय सुर्यको प्रमुख पिण्डबाट केही भाग बाहिर छुट्टिन पुग्यो । यसरी छुट्टिएको भाग धेरै भागमा बाँडियो , अब सुर्यको चारैतिरबाट घुम्न थाल्यो । यिनै सौर्य मण्डलका ग्रह भए । दुई अर्ब वर्षसम्म यसै प्रकारबाट नै पृथ्वी सुर्यबाट अलग भयो । यसरी नै कुनै आकाशिय ताराको कारणबाट पृथ्वाीको एक भाग अलग भएर चन्द्रमाको रुपमा परीणत भयो ।

पृथ्वी उत्पन्न भएको लाखौँ वर्षपछि पृथ्वीको माथिल्लो भाग चिसो हुन थालेपछि भने समुद्रको तापमान पनि घट्न थाल्यो र त्यस समुद्रमा हड्डी नभएका जीव उत्पन्न हुन थाले । भित्रैबाट प्रशव र वृद्धि हुनु ती जीवका विशेषता थिए । भूगर्भशास्त्रीहरुले पृथ्वाीमा प्राणिको उत्पति भएको ३० करोड वर्ष पहिलो मान्दछन् , जसलाई जिवकल्प भनिन्छ ।

मरेका प्राणि र धुलो मिश्रण भएर प्राणीलाई खाने आहार पैदा हुन थाल्यो । त्यसपछि पृथ्वाीमा गङ्गटा जस्तै अरु प्राणीहरु उत्पन्न हुन थाल्यो । त्यसको साथै निम्न कोटीको बनस्पति पनि उत्पन्न हुन थाल्यो । जब हामी ३० करोड वर्ष पहिलेको पौराणिक जीवकल्पबाट २० करोड वर्ष पहिलेको मध्य जीवकल्पमा आउदछौँ , त्यस समयमा गोही र सरीश्रृपधारी जातिहरुको विकराल शरीर देख्दछौँ । त्यस्तै समयमा पृथ्वीको दलदल जमिनमा त्यस समयका किलाजस्तै पात नभएका ठुला ठुला बृक्ष आज हामीले कोइलाको रुपमा पाउदछौँ ।

पृथ्वीको जलबायुमा आएको परिवर्तन सँगै सरिश्रृपका अधिकांश जातिहरु नष्ट भए भने उता जल , स्थल , दुबैमा बस्ने खालका प्राणीहरुबाट एक अरु पुच्छर भएका , स्तनधारी जन्तु र अर्का चराचुरङ्गी उत्पन्न हुन थाले । यिनै पुच्छर , स्तन भएका प्राणीहरु मध्येबाट केही आफ्ना शत्रुहरुबाट बच्नको लागि रुखमा चढ्ने कोशिस गर्न थाले । सैकडौँ पिढीहरुको निरन्तर इच्छा र अभ्यास बाट तिनीहरु रुखमा चढ्न सक्ने भए । यस प्रकार रुख चढ्नमा चलाख बाँदरहरुको सृष्टि भयो ।

अब हामी केहि समय हिमयुगको कुरा गरौ ,प्रथम हिमयुग हजारौं वर्षसम्म रह्यो । फेरी अर्काे हिमयुग आयो , एक लाख वर्ष पहिले तेस्रो हिमयुग र पचास हजार वर्ष पहिले चौथो हिमयुग । यी हिमयुगको खातिर पृथ्वीका प्राणीहरुमा ब्यापक अथलपुथल लेरायो र केही प्राणीहरु पथ्वीबाट लुप्त हुन पुगे । जुन प्राणीले आत्मरक्षाको लागि प्रयत्न गरे । उनीहरु साधन सम्पन्न भएर शारीरिक र मानसिक रुपले आफ्नो अस्तित्व कायम राख्न सफल भए । करिब १ लाख वर्ष पहिले , तेस्रो हिमयुग ताका युरोपमा एक प्रकारका मानिसको पत्ता लागेको छ , जसलाई हाइडेल वर्गीय मानिस भनिन्छ ।

हाइडेल बर्गीय मनुष्यले उध्याएर राम्रा बनाएका ढुङ्गाको प्रयोग गर्दथे र उनीहरुको विकशित रुप पचास हजार वर्ष पहिले चौथो हिमयुगको समयमा युरोपमै नेअडथेल मानिस जाति पाइन्थ्यो भन्ने कुरा बैज्ञानिकहरुले पत्ता लगाएका छन् । पच्चीस हजार वर्ष पहिले युरोपको स्पेन आदि देशहरुमा मानिसको एक जाति बस्दथ्यो , जसलाई क्रोमेग्नन् ९ऋचयmभनलयल० भनिन्थ्यो । क्रोमेग्नन मानिस शिकारी थिए । उनीहरुको खाना भनेको साना घोडा थियो । उनीहरु चित्रकार पनि थिए ।उनीहरुले बनाएका अनेकैाँ चित्रहरु आजपनि स्पेनका गुफाहरु मा पाइन्छ ।क्रोमेग्नन् जाति विशेषगरी दक्षिण पश्चिमि युरोपमा बस्ने गर्दथे । यीनको आफ्नै भाषा थिएन तर पनि यिनीहरु चित्र र हतियार बनाउन खप्पीस थिए ।

मानिसको उत्पति र विकासको क्रमलाई केलाउदै जाने हो भने बाह्र हजार वर्ष पहिलेका मानिसमा एउटा नयाँ प्रगति देखा पर्न थाल्यो । उनीहरुले कुदेका हतियार प्रयोग गर्न शुरु गरे । त्यस्ता मानिसहरुको युगलाई नयाँ पाषण युग ९ल्भष्तिजष्अ ब्नभ ० भन्न थालियो । यस युगको अगुवाको रुपमा भुमध्य सागरको पाश्र्ववर्ती भुमिमा बसोबास गर्ने खैरो रङ्गका इवरियन जाति (ड्र«विड जाति एस्को एक जाति हो ) ले गर्न थाले ।

भूमध्यबासि भुरी जातिले त्यतिबेला आफ्नो भाषाको धेरैनै विकास गरिसकेका थिए । अनि पछि उसैका सन्तान उत्तर, दक्षिण र पुर्वतिर फैलन थाले । नव पाषाण युगमा भुमध्यदेशिय भुरी जातिहरुको स्पेन, मिश्र , मेसोपोटामिया , इरान र भारतदेखि चिनसम्म आवत जावत थियो । प्राचिन मिश्री जातिलाई पनि यिनैको सन्तान मानिन्छ । मिश्री जातिहरुले चिल्ला ढुङ्गाको अस्त्रको अतिरित्त धनुषवाणको पनि अविष्कार गरे । यिनीहरुले कुकुर , गाई ,भेडा , पनि पाल्दथे भन्ने कुरा भुगर्भविद्हरुले पत्ता लगाए । शत्रुहरुको सङ्ख्यााको बद्धिको साथै आफ्नो संख्या बढाएर बस्न थाले । त्यहाँ पारस्परिक लडाइहरुमा विर र समझदारी नेताहरुलाई राजा मान्न थालियो ।

चौथो हिमयुग पछि जुन मानवजातिहरु हामीले भारतमा बसेका पाछौँ , ती मध्ये सबैभन्दा पुराना दुई जाति छन् एक हब्सी जस्तै ९ल्ष्नचयष्म० , अर्काे प्राग्द्रविडिय (ब छो , मुण्डा आदी ) चनल्लुर (मद्रास ) मा पाइने टाउकाको अस्थिपञ्जरलाई हेर्दा ९ ऋभउजबतष्अ ष्लमष्अभक० बेद्धा मानिसहरुको जस्तो छ । जुनबेला दक्षिण युरोपमा वाक्सहरुको पुर्वज सिन्धु नदीको किनार निर असुर , क्रेटमा त्यहाँका सभ्य निबासी , मिश्रमा प्राचिन मिश्री , मेसोपोटामियामा सुमेरिय मानिस बस्दथे । त्यस समयमा संसारमा सबैभन्दा सभ्य जाति नै यिनीहरु थिए ।

पाँच हजार वर्ष पहिले मानिसहरु कस्तो अवस्थामा थिए भन्ने कुरा हामीले आर्यहरुको पुरातन ग्रन्थ बेदमा पाउदछौं । त्यस बेलाका मनिसहरुले घोडाहरु सवारीको लागि नपालेर मासु र दहि दुध खान पाल्दथे । कयौँ शताब्दी सम्म गोठालाको जिवन विताएर करिब २५०० इ. पुर्वमा यिनको एक दल पामिरको अर्को नजिकै एक प्रदेशमा आयो दलको केही समुह पाहिर देखि उत्तर पश्चिमतिर लागे । पामिरको नजिक बस्दा आर्यमा फुट आयो । एउटाको सन्तान आर्य हिन्दु थिए भने अर्काको सन्तान इरानी आर्य । करिब २००० इ. पुर्व हिन्दु आर्यको एक शाखा मोसोपोटामिया पुग्यो र त्यहाँ सभ्य सुमेरिय जातिहरुलाई हराएर उसले आफ्नो अधिकार जमायो । भारतीय आर्य जब सुवास्तु (स्वात, अफगानिस्तान) को उपत्यकामा पुगे , तब देखि सिन्धु उपत्यकाको सभ्य जातिसँग उनको संघर्ष सुरु भयो । यिनै दुई जातिहरुको संङघर्ष सुरु भयो । यिनै दुई जातिहरुको संघर्ष बेद र पुराण (पुरानो साहित्य ) मा देवासुर सङङ्ग्राम नामबाट प्रसिद्ध छ ।

अति पुरातनकालमा भारतमा हब्सी र दक्षिणमा प्राग्द्रविडीय मुण्डा जाति बस्दथ । फेरी ७,८ हजार वर्ष पहिले थोरै संख्या तर सभ्य भुरी द्राविज जाति आए । त्यस समयमा गोराहरु मिलेर बसेका थिए भने काला हब्सीहरुमा झगडा थियो ।

आज मानिसहरुले धेरै कालखण्डहरु पार गर्दै आफ्नो उत्पतिको विकासलाई चरमचुलीमा पुर्याएका छन् । आजका मानिसहरु विभिन्न जातजातिमा समाहित भएका छन् । विश्वमा धेरै देशको निमाण भइसकेको छ । आ–आफ्ना देशहरु आ–आफ्नै निति नियम अनुरुप बसिरहेका छन् । मानिसको मानसिक विकासक्रममा यहाँ धेरै युगको अन्त भैसकेको छ । दासयुग , सामन्ती युग, समाजबादी युग , प्रजातान्त्रिक युग यो संसारले भोगिसकेको छ । अहिलेको विश्वमा प्रजातन्त्र विद्यमान छ , त्यस्तो त सम्यवादीहरु प्नि कम छैनन् । आजको विश्वमा धनी , गरिबको ठुलो खाडल छ । अमेरिका , चिन, जापान ,धेरैनै विकशित मुलुकहरुमा पर्दछ भने नेपाल , रुवाण्डा , बंगालदेश गरिब मुलुकहरुमा पर्दछ । आजका मानिसहरु भने सबै संसारका मानिसहरु समान बन्नुपर्दछ भन्ने आवाज उठाइरहेका छन् , जुन अत्यन्तै उचित छ । आज इजिप्ट , इरान , ओमानका तानाशाही सरकारका विरुद्ध त्यहँका जनताहरु धावा बोलिरहेका छन , जसलाई सबैको समर्थन छ । मानिसको उत्पति र विकास सँगै मानिसको चेतना र कर्तव्यमा पनि विकास हुदै आएको छ , यो सबै विश्ववासीको निम्ति गर्वको कुरा हो…….., अस्तु ।
लेखक ः मिलन आफन्त

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here