भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरुप, छ जना आइसोलेसनमा

149

नयाँदिल्ली–भारतमा पनि कोरोना भाइरसको नयाँ स्वरुप फेला परेको छ। बेलायतबाट फर्किएका ६ जनामा नयाँ खालको कोरोना भाइरस फेला परेको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। सुरुमा बेलायतमा देखा परेको यो भाइरस अझ बढी खतरनाक र तीव्र रुपमा फैलने खालको रहेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ जना बिरामी आइसोलनमा रहेको र उनीहरुसँग सम्पर्कमा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको जनाएको हो। उनीहरु हालै बेलायतबाट फर्किएको जनाइएको छ।  भारतले डिसेम्बर अन्तिमसम्मका लागि बेलायतमा गरिने सबै उडान स्थगित गरेको छ।

बेलायतमा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप हाल युरोपेली मुलुकलगायत दक्षिण अफ्रिका तथा जापानसम्म फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा कोरोना संक्रमितको संख्या १ करोड नाघिसकेको  भने १ लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here