काठमाडौंका विभिन्न स्थानमा धनमाल चोरी

176

काठमाडौं-काठमाडौं महानगरपालिका-१६ म्हैपी डेरा गरी बस्ने गोरखा घर भएका ३८ वर्षीय केदार थापा मगरको कोठाबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-१० जलबिनायक कोलोनी बस्ने ४२ वर्षीया सुशिला शेरचनको घरबाट करिब १८ तोला सुनको बिभिन्न गहना, १ थान हिराको हार, १ थान हिराको चुरा, १ थान औठी, १ थान लकेट, १ थान टप समेत गरी करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here