आउँदाे भदौ अन्तिमदेखि  साफ च्याम्पियनसिप हुने

41

काठमाडौं– आगामी वर्षका लागि सारिएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति तोकिएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले साफ च्याम्पियनसिपको मिति तय गरेको हो। नयाँ सार्वजनिक भएको मिति अनुसार २०७८ भदौ २९ देखि असोज ९ गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुनेछ। साफ च्याम्पियनसिप बंगलादेशमा हुने यसअघि नै निर्णय भइसकेको छ।

२०२० मै आयोजना हुनुपर्ने साफ च्याम्पियनसिप विश्वभर फैलिएको कोरोना भाइरसका कारण करिब एक वर्ष पर धकेलिएको हो। यसअघि २०७५ सालमा भएको साफ च्याम्पियनसिपको आयोजना पनि बंगलादेशमै भएको थियो। नेपाल सेमिफाइनलसम्म पुगेको त्यो साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको थियो।

त्यस्तै, बैठकले उमेर समूहको प्रतियोगिताहरुको पनि टुंगो लगाएको छ। साफ यु–१६ महिला च्याम्पियनसिप भदौ २ देखि ११ गतेसम्म आयोजना हुने छ भने त्यसअघि नै साफ यु–१९ महिला च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ। साफ यु–१९ महिला च्याम्पियनसिप असार २९ बाट सुरु भइ साउन ७ गते सकिनेछ। साफ यु–१५ च्याम्पियनसिप असोज १५ देखि २४ सम्म आयोजना हुँदा साफ यु–१८ च्याम्पियनसिप भने असोज २९ देखि कात्तिक ७ गतेसम्म आयोजना हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here